गण्डकीमा एमालेबाट रोशनबहादुर र वेदबहादुर मन्त्री बन्ने
पाेखरा | माघ १०, २०७९
पोखरा: गण्डकी प्रदेशमा नेकपा एमालेबाट रोशनबहादुर गाहा थापा र वेदबहादुर गुरुङ मन्त्री बन्ने भएका छन् । एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री खगराज अधिकारीले दुवैलाई सरकारमा लैजाने निर्णय गर्दै शपथका लागि प्रदेश प्रमुखको कार्यालयमा जानकारी गराएका छन् ।
वेदबहादुर कास्की १ (२) र रोशन नवलपुर १ (२)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
मुख्यमन्त्री अधिकारीले सोमबार काठमाडौं गएर अध्यक्ष केपी ओलीलाई भेटेका थिए । भेटेर फर्केपछि उनले सरकारमा सहभागी हुने दुई जनाको नाम टुंगो लगाएका हुन् ।
माओवादी केन्द्रबाट संसदीय दलका नेता हरिबहादुर चुमान मन्त्री बनिसकेका छन् । अब रेशमबहादुर जुग्जाली मन्त्री बन्ने छन् ।
राप्रपाबाट संसदीय दलका नेता पञ्चराम गुरुङ बिनाविभागीय मन्त्री छन् । एमालेबाट आउने दुई र माओवादीबाट आउने एक जनाको शपथ भएपछि सबैको मन्त्रालय टुंगो लगाइने छ ।
एमालेका दुई र माओवादीका एक गरेर तीन जनाको शपथ आज साँझ गराउने तयारी छ
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

